राेनाल्डाेले पाेर्चुगल टिमबाट नखेल्ने

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमले खेल्ने अागामी २ खेल नखेल्ने भएका छन । उनले

क्रोएसिया विरूद्दकाे मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलमा टिममा नहुने भएका छन ।

आगामी सेप्टेम्बर ७ मा पोर्चुगलले क्रोएसियासंग मैत्रीपूर्ण खेल खेल्दैछ भने सेप्टम्बर १० मा इटालीसंग युईएफए नेशन्स लिगमा भिड्दैछ ।

स्पेनिस क्लब रियल मड्रिडबाट १०० मिलियन पाउण्डमा यसै सिजन युभेन्ट्स गएका रोनाल्डोले पोर्चुगलको टिमबाट पछिल्ला २० मैत्रीपूर्ण खेलमा ८ मा मात्र खेलेका छन् ।

गत महिना रुस विश्वकपमा ह्याट्रिक गरेका रोनाल्डोले पोर्चुगलबाट १ सय ५४ खेल खेल्दै ८५ गोल गरिसकेका छन् ।