राेनाल्डाेमाथि लागेकाे बलात्कारका प्रमाण सबै ‘फेक’ भएकाे खुलासा

क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारका आरोपमा पेश गरिएका प्रमाणहरु जाली भएको उनका वकिलले बताएका छन ।

३३ बर्षे रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा काथरीनलाई बलात्कार गरेको भन्दै केहि साता अगाडी काथरीनले नै खुलासा गरेकी थिइन । भेगसको एक होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनि रातारात चर्चामा आएकी थिइन । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ गर्ने बताइएको छ ।

तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु फेक भएको बताएका छन । रोनाल्डो आफैलेपनि यो घटना झुटो भएको बताउदै आएका छन । जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन । तरपनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिलसँग भेट्न लिस्वन पुगेका थिए ।

सो भेटपछि पहिलो पटक रोनाल्डोका वकिलले एक स्टेटमेन्ट सार्वजनिक गर्दै काथरीनको डकुमेन्टहरु जाली भएको र सबै प्रमाण डिजिटल रुपमा परिमार्जित गरेको बताएका छन । ३४ बर्षे काथरीनले लस भेगसको पुलिसमा आफुमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन ।

२०१० मा काथरीनलाई यो घटना लुकाउन पुलिसको संलग्नतामा तीन लाख ७५ हजार अमेरीकी डलर दिएको बताइएको छ । तर रोनाल्डोका वकिलले यो सम्झौता भएको भएपनि बलात्कारका कारण भने नभएको बताएका छन ।