राहुल ड्राभिड इन्डियन क्रिकेटको नयाँ मुख्य प्रशिक्षक

एजेन्सी, इन्डियन क्रिकेट बोर्डले पुर्व कप्तान राहुल ड्राभिडलाई मुख्य प्रशिक्षकको रुपना नियुक्ति गरेको छ । बोर्डले ड्राभिडलाई रवि सास्ट्रिको स्थानमा ल्याउने भएको हो ।

भारतका लेजेन्ड ड्राभिडले तिन वटै फर्म्याटको क्रिकेटमा आफ्नो प्रशिक्षण दिने छ ।

उनले टि२० विश्व कप लगतै टिम सम्हाल्ने छ । उनको पहिलो परिक्षा नोभेम्बर र डिसेम्बरमा हुने न्युजिल्यान्डविरुद्धको खेलमा हुनेछ ।

पुर्व अलराउण्डर रवि सास्ट्रिले टिम इन्डियाको नेतृत्व २०१७ मा पाएकि थियो । उनले जारी टि२० विश्व पछि पदत्याग गर्ने घोषणा गरिसकेका छ ।

इन्डियन क्रिकेट बोर्डले टि२० विश्व कप अफगानिस्तानको खेल पछि ड्राभिडलाई नियुक्त गरेको जनाएको छ ।

ड्राभिड हाल भारत क्रिकेट एकेडेमीमा निर्देशकका रुपमा काम गरिरहेको छ ।