रास्फोर्ड र हलान्ड सबैभन्दा मुल्यवान खेलाडि

एजेन्सी, फुटबलको एक नयाँ अध्ययनले जर्मन क्लब बोरुसिया डार्टमुण्डका स्टार खेलाडी अर्लिङ हालाण्ड र म्यानचेस्टर युनाइटेडका मार्कस रास्फोर्ड विश्वकै महँगो खेलाडी भएको देखाएको छ ।

सिआइइएसले गरेको एक अध्ययनमा सर्वाधिक महँगा १५ खेलाडीमध्ये हालाण्ड र रास्फोर्ड शिर्ष स्थानमा रहेका छन् ।

म्यानचेस्टर युनाइटेडका २३ वर्षिय रास्फोर्ड र डार्टमुण्डका हालाण्डको मुल्य १३० देखि १७० मिलियन बराबरको रहेको अध्ययनले देखाएको छ । हालाण्ड र रास्फोर्ड यतिबेला विश्वकै महँगो खेलाडी खेलाडीको रुपमा रहेका छन् ।

२३ वर्षिय रास्फोर्डको मुल्य १३० देखि १७० मिलियन बराबरको रहेको देखाएको छ । जुन युनाइटेडको सम्पुर्ण खेलाडीको मुल्यको १४ प्रतिशत हुन आउँछ ।

यस्तै डार्टमुण्डका खेलाडी हालाण्डको पनि मुल्य उतिकै रहेको बताइएको छ भने उनको मुल्यले डार्टमुण्ड टिमको २१ प्रतिशत ओगटेको देखिएको छ ।

यस्तै इंग्ल्याण्डका फिल फोडेन र बुकायो साकाको मुल्य पनि महँगो रहेको अध्ययनले देखाएको छ । दुबैको मुल्य १०३ देखि १३० मिलियन बराबरको रहेको छ । पीएसजीका एम्बाप्पे र एट्लेटिको मड्रिडका फेलिक्सको पनि उतिकै मुल्य रहेको छ ।

लिभरपुलका आर्नोल्ड र टोटेनह्यामका हेरी केनको मुल्य ७७ मिलियन देखि १०३ मिलियनको बिचमा रहँदा चेल्सीका टिमो वेर्नर,बार्यनका आल्फोन्सो डेभिस,बार्सिलोनाका डि योङ,युभेन्टसका डि लाइट र इन्टर मिलानका लौटरो मार्टिनेजको मुल्य बराबर रहेको उक्त अध्ययनले देखाएको छ ।