राष्ट्रीय टोलिको कोच बनेर युरो र विश्व कपमा प्रतिस्पर्धा गर्ने जोस मोरिन्होको इच्छा

जोस मोरिन्होले राष्ट्रीय टोलिको कोच बनेर युरो र विश्व कपमा प्रतिस्पर्धा गर्ने आफ्नो इच्छा रहेको बताएका छन्। उनले अब क्लबमा भन्दा पनि राष्ट्रीय टोलिमा कोच बन्ने उनको सोच रहेको भनेर भनेका छन्। ५६ वर्षका जोस हालै क्लब बिहिन छन् उनलाई म्यान्चेस्टर युनाइटेडले बर्खास्त गरे पछि उनि कुनै क्लब गएका छैनन्। पुर्व युनाइटेड कोच जोसेले भने अन्तर्राष्ट्रिय कोच बन्ने लक्ष्य तिर आफु लागेको स्वीकार गरेका छन्।


“मा नयाँ प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न चहान्छु” उनले Eleven Sportsलाइ भने

“म युरो र विश्व कपको वारे सोच्दै छु”

“क्लब भन्दा पनि राष्ट्रीय टोलिको कोच बनेर युरो र विश्व कपमा प्रतिस्पर्धा गर्ने मेरो इच्छा धेरै अगाडी देखिकको हो र येही समय राम्रो हो जस्तो लाग्छ”

“के पोर्चुगल मेरो लागि राम्रो टोलि हुने छ? यो आवश्यक छैन”