राष्ट्रिय फुटबल टिम आज घर फर्कदै

साफ च्याम्पिनसिपमा सहभागि नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ ।

बंगलादेशमा भएको साफको १२ औ संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाईनलमा माल्दिभ्ससंग पराजित हुदै बाहिरिएको थियो ।

समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको नेपालले सेमिफाईनलमा माल्दिभ्ससंग ३–० को हार ब्यहोरेको थियो । समुह चरणमा नेपालले बंगलादेश र भुटानमाथि शानदार जित निकालेको थियो ।