राष्ट्रिय फुटबल टिमका पुरुष तथा महिला खेलाडीलाई भत्ता उपलब्ध गराउने बारेमा एन्फामा छलफल

Nepal's national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain

नेपाली राष्ट्रिय पुरुष खेलाडी सरह महिला खेलाडीलाई भत्ता तथा सेवा सुविधा उपलव्ध गराउने बिषयमा छलफल सुरु भएको छ ।

नेपाली फुटबलको कार्यकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुको सुविधा समान बनाउने विषयमा छलफल थालेको हो । एन्फाले खेलाडीहरुको भत्ता वृद्धिगर्ने बिषयलाई प्रमुखताकासाथ उठाएपछि संगसँगै महिला खेलाडीको पनि सेवा सुविधा बढाएर पुरुष खेलाडी सो–सरह बनाउने बिषयमा छलफल हुन थालेको हो ।

एन्फाका अनुसार खेलाडीको भक्ता वृद्धि, महिला टोली र पुरुष टोलीका खेलाडीहरुको समान पारिश्रमिक लगायतका बिषयमा छलफल भइरहेको छ । खेलाडीको पारिश्रमिक बापत उपलव्ध गराउँदै आएको भक्ता वृद्धिको बिषयलाई प्रमुखताका साथ अघि बढाएको एन्फाले जनाएको छ । अहिले नेपाली राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार भत्ता बापत बुझ्दै आएका छन् ।

महिला खेलाडीले त्यसको अनुपातमा निकै कम अर्थात ७ हजार मात्र मासिक भत्ता पाउने गरेका छन् । एन्फा स्रोतले खेलाडीहरुको १० हजार सम्म भत्ता बढ्न सक्ने जनाएको छ । एन्फा स्रोतका अनुसार अब पुरुष खेलाडीको १० हजार बढाएर कम्तिमा २५ हजार बनाउने बिषयमा अध्ययन भईरहेको छ भने महिला खेलाडीको पनि सोही बराबरकै भत्ता दिने बारेमा छलफल हुँदैछ ।