‘राष्ट्रिय टोलि भन्दा बार्सिलोना महत्त्व’

बिहिबार भएको एक इन्टरभियुमा बार्सिलोनाका लेजेन्ड कार्लेस पुयोलले स्पेनिस राष्ट्रिय टोलि भन्दा बार्सिलोना महत्त्व रहेको बताएका छन ।

जब उनलाई साउथ अफ्रिकाको बिश्व कपको बारे सोधे उनी भित्रको बार्सिलिनाको भावना निकै प्रष्ट देखिन्थ्यो र गार्डियोलाको प्रसंशा पनि गरे, ‘त्यहाँ दुई युगहरू छन्, प्रि-गार्डियोला र पोस्ट-गार्डियोला। विश्वकप जित्नु धेरै ठुलो कुरा हो, तर म पेरिसमा जितेको च्याम्पियनस लिग ट्राफी रुचाउछु किनकि राष्ट्रिय टीम भन्दा मलाई बार्सा महत्वपूर्ण लाग्छ ।

पुयोलले जेराड पिके आफ्नो भाइ जस्तो रहेको पनि बताए । ‘हामी बिच धेरै बहसहरु भयो, किनकि पिके मेरो भाइजस्तै हो र हामीले एकअर्कालाई धेरै मदत गरेका छौं। हामीले मैदान भित्र र बाहिर एक अर्कालाई राम्रोसँग बुझेकाछौ ।’