राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका १४ बाहिरिए

काठमाडौं, नेपाल राष्ट्रिय टिमका प्रशिक्षक अब्दुला अल्मुटाइरीले दोश्रो चरणमा १४ खेलाडीलाई बाहिरिएका छन।

उनले १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीको नाम सार्वजनिक गरेको हो। प्रशिक्षकले साफ च्याम्पियनसिप र एसियन कप छनोटको लागि ५० खेलाडी बन्द प्रशिक्षणमा बोलाएका थिए।

त्येस्तै, बिक्रम लामा टोलिसंग प्रशिक्षण गरिरहेका छन। चोटमा फर्कन उनी टोलिसंग प्रशिक्षण गरेका हुन।

बाहिरिने खेलाडीहरुमा:
गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रबि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई रहेका छन् ।

प्रारम्भिक टोलिमा रहेका ३६ खेलाडीहरु
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी,  नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ