राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंह सम्मानित

जनकपुरमा राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंहलाई सम्मान गरिएको छ । प्रशिक्षक पदबाट अवकास पाएपछि सिहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो ।

क्रिकेट संघले शनिबार जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अवकास प्राप्त प्रशिक्षक सिंहलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

जनकपुरमा क्रिकेटलाई जिवन्त बनाउन अहोरात्र सेवा गरेको र अवकास पछि पनि क्रिकेटमा लाग्नका लागि हौशला बढाउन सम्मान गरिएको क्रिकेट संघका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताउनुभयो ।

प्रशिक्षक सम्मान कार्यक्रममा मन्त्री यादवले समय अनुकुल खेलकुदको व्यवस्थापन नहुदा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको बताउनुभयो ।
मुलुकमा भ्रष्टाचार घटनउन पनि खेलकुदको विकास आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो ।

क्रिकेट संघले आयोजना गरेको सम्मान कार्यक्रममा जनकपुरको दर्जन भन्दा बढी संघ संस्थाले प्रशिक्षकको कार्यको प्रशंसा गर्दै सम्मान गरेका थिए ।