राष्ट्रिय क्रिकेट टिम भोली नेपाल फर्कदै

एशिया कप छनोट खेलेर नेपाली टिम भोली (शुक्रबार) स्वदेश फर्कदैछ । मलेसियामा भएको छनोट प्रतियोगिता खेलेर नेपाली टोली भोली दिउँसो सवाँ १२ बजे काठमाडौंमा फर्कन लागेको हो ।

नेपाली टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टिम भोली बिहान सवाँ १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेपाली टिमसंगै युवा लेग स्पिनर सन्दिप लामिछाने समेत काठमाडौं फर्कनेछन् ।

एशिया कपको निराशाजनक प्रर्दशनसंगै नेपाली टिम स्वदेश फर्कन लागेको हो । पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित नेपाल दोस्रो खेलमा युएईसंग ७८ रनले हारेको थियो ।
तेस्रो खेलमा मलेसियालाई १९ रन र चौथो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो । तर निर्णायक खेलमा हङकङसंग ३ विकेटले पराजित भएपछि नेपाली टिम प्रतियोगिताबाट बाहिरिएको थियो ।