राश्फोर्ड र रोनाल्डोको गुणहरु समान छ

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नर सोल्स्कजायरले मार्कस राशफोर्डमा क्रिस्टियानो रोनाल्डोको गुणहरु भएको बताए।

यी २२ बर्षिय फरवार्डले गोलको अभावका कारण धेरैको अलोचना भोग्नु परेको थियो अघिल्लो सिजन जसमा उन्ले पछिल्ला २ सिजनमा मात्र २६ गोल गर्न सफल रहेको थियो।

तर जारी सिजन उनी उत्कृष्ट लयमा देखिन्छ। उन्ले पछिल्ला दुई खेलमा ३ गोल गरी सकेको छ। यस्तै उन्ले जारी सिजन १३ गोल गर्दै पछिल्लो सिजनको गोल बराबरि गरेको हो।

‘उनीहरु दुई जनाको तुलना गर्न धेरै सजिलो छ,’ उनले भने।

‘दुबै सीपका साथ, शरीरको आकार, दृष्टिकोण, विशेषताहरू – सबै कुरा। केटासँग विश्वकै शीर्ष, शीर्ष खेलाडी बन्न सक्ने खुबी छ।

‘आशा गरौंकि उनको यस्तै प्रदशन जारी रहोस्।’

राश्फोर्डले कति गोल गर्न सक्छ भनेर प्रश्न गर्दा उन्ले भने ‘म कति गोलको बारेमा कुरा गर्न चाहन्न,’ ।

‘जबसम्म ऊ सकारात्मक रहन्छ र गोल कसरी गर्न सकिन्छ भन्ने बारेमा सोच्छ, उस्ले गोल अझ धेरै गोल गर्छ।’

रोनाल्डोले युनाईटेडमा २००३ देखी २००९ सम्म खेल्दै २९२ खेलमा ११८ गोल गर्दै ९ वटा उपाधि जितेका थिए।