रायो भालेकानो ला लिगामा फर्कियो

एजेन्सी, रायो भालेकानो ला लिगामा उक्लिएका छन। प्ले अफको दोश्रो लेगमा गिरोनालाई २-० गोल अन्तरले पराजित गर्दै ला लिगामा बदुवा भएका हुन। पहिलो लेगमा २-१ गोलको हारलाइ उल्ट्याउदै समग्रमा ३-२ गोलले जित दर्ता गराएका थिए।

पहिलो हाफमा अल्भारो गार्सिया रिभिएरा र ओस्कर त्रेजोले गोल गर्दै पुनरागमन जित हासिल गरेका हुन। दोश्रो हाफको अधिकांश समय भालेकानो १० खेलाडीमा खेलेका थिए। खेलको ५६ औं मिनेटमा एमिलियानो भेलाज्क्वेजले दोहोरो पहिलो कार्ड पाए पछि भालेकानो १० खेलाडीमा सिमित भएका थिए।

रायो भालेकानो २०१९ मा ला लिगाबाट रेलिगेशनमा परेका थिए। एन्ड्रोनी इराओलाको नेतृत्वमा ला लिगामा फर्किन सफल भएको हो।

यद्यपि, कठिन परिस्थितिको बाब्जुद भालेकानो बदुवा हुन सफल भएको हो। खेलाडीहरुलाई पारिश्रमिक दिन, कोरोनाले क्लबको अस्वस्था कठिन हुन पुग्यो।

रायो दुई बर्षको अन्तराल पछि ला लिगामा फर्केका छन।