राम्से आर्सनल छोडेर रोनाल्डोसँग युभेन्टसमा खेल्ने

आर्सनलका मिडफिल्डर आरोन राम्सले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै रहेर खेल्ने भएका छन् । आर्सनलसँगको सम्झौता सकिँनै लाग्दा उनी इटालियन क्लब युभेन्टस जाने भएका छन् ।

राम्सेले इटालियन क्लब युभेन्टससँग प्रि–कन्ट्र्याक्ट पहिल्यै गरिसकेको छन भने मेडिकल गर्न मात्र बाँकी रहेको चर्चित पत्रिका स्काई स्पोर्टसले लेखेको छ । २८ वर्षीय राम्सेले आर्सनलबाट ३ सय ५२ खेल खेलेका छन् ।

उनले इंग्लिस क्लब आर्सनलबाट जम्मा ६० गोल गरेका छन् । सन् २००८ मा कार्डिफ सिटीबाट आर्सनल आएका राम्से आफ्नो ११ वर्षको आर्सनल बसाईँलाई अन्त्य गर्दै यसै महिना युभेन्टस जाँदैछन् ।