हाल लिभरपुलका स्टार फोवार्ड मोहम्मद सलहाले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ। उनले ला लिगा आफू खेल्न इच्छुक रहेको स्वीकार गरे पछि सो हल्ला झन् बढेको छ।
Will Salah leave Liverpool?
Hamdi Nooh, man who discovered Salah told AS: “Yes, he may think about leaving Liverpool in case there is a better offer, but it is my own opinion. He is unique and his family is everything to him.” #rmlive 🇪🇬
— Los Blancos Live (@blancoslive) April 5, 2021
भविष्यमा उनी रियल म्याड्रिड वा बार्सिलोना जान सक्ने धेरै चर्चा रहेको छ भने राम्रो प्रस्ताव आए सलहाले लिभरपुल छोड्ने छन् भनेर सलहाका पुर्व कोच हम्दी नोहले दाबी गरेका छन्।
एल-मोकावलुन क्लबमा मोहम्मद सलहाका कोच रहेका हम्दी नोहले सलहाले लिभरपुल छोड्न सक्ने दाबी गरे। ए एस सँग कुरा गर्दै उनले भने: “हो, उनी लिभरपुल छोड्ने सोच्नमा हुने छ यदि राम्रो प्रस्ताव आए- त्यो मेरो आफ्नै राय हो। उनी अद्वितीय छन् र उनको परिवार उनको लागि सबै चीज हो।
#UCL: Hamdi Nooh, @MoSalah's first coach at El-Mokawloon, sat down with AS to discuss his protege ahead of @LFC's @ChampionsLeague clash with @realmadriden. https://t.co/r5ML7hoE44
— AS English (@English_AS) April 6, 2021
उनी बार्सा वा रियल जान सक्ने प्रश्न बारे उनले भने : “म त्यस्तो अनुमान गर्न सक्दिन। मलाई रियल म्याड्रिड, बार्सिलोना र बायर्नको खेल हेर्न रमाइलो लाग्छ तर मेरो मुटु जहिले पनि सलहा जहाँ हुने छ त्यहीँ रहने छ।
“जे भए पनि, म धेरै खुसी हुनेछु यदि उनी स्पेनिस क्लबमा गए भने। स्पेनिस फुटबल मेरो मनपर्ने हो। ”