रामोस सबैभन्दा उत्कृष्ट डिफेन्डर रहेको बहस बारे जिदानले यस्तो भने

रियल म्याड्रिडका कोच जिदानले सर्जियो रामोसलाई फुटबलको सबैभन्दा महान डिफेन्डर मध्ये एक रहेको बताएका छन्।

भ्यालेन्सियाबिरुद्धको खेल अघि, जिदानलाई सोधिएको थियो कि उनको कप्तान फुटबलको सबैभन्दा उत्कृष्ट सेन्टर ब्याक हो कि हैन।

उनले भने, “हो, उहाँ सबभन्दा राम्रो मध्ये एक हुनुहुन्छ। दिनको अन्त्यमा, सबैजनाको आफ्नो राय हुन्छ।

“तर, मेरो लागि, उनले आफ्नो क्यारियरभरि के हासिल गरे, र उनले के हासिल गर्दै छन् र उनले यो क्लबको लागि के प्रतिनिधित्व गरेका छन् त्यो अनुसार उनि उत्कृष्ट हुन्। तर फेरि, सबैजनाको आफ्नै मनपर्ने खेलाडीहरू हुन्छ।”