रामोस सँग बदलाको भावना नरहेको सलहाको दाबी

लिभरपुलले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा रियल म्याड्रिडको सामना गर्ने भए पछि धेरैलाई २०१८मा दुई बिच भएको खेलको याद आउने गरेको छ। २०१८को फाइनलमा सर्जियो रामोसको फाउलमा सलहा चोट ग्रसित हुन पुगेका थिए भने लिभरपुलले सो खेल हारेको थियो।

हाल दुई बिच फेरी खेल हुने भए पछि फ्यानहरूको यादमा त्यो पल आए पनि सलहाले त्यो घटनाबाट आफू अघि बढी सकेको र आफ्नो मनमा रिसको भावना नरहेको बताए।

लिभरपुलले ३-१ले हारेको उक्त खेलमा रामोसको कारण सलहाको काँधमा चोट परेको थियो। आउँदो खेलमा सो घटना’bout आफूमा अझै रिस वा अन्य मनसाय रहेको वा नरहेको भने स्पेनिस अखबार मार्काले उनलाई प्रश्न गर्दा रामोस सँग बदलाको भावना नरहेको सलहाले दाबी गरे।

सलहाले हाँस्दै जवाफ दिए “त्यो खेल पहिलेको हो, त्यसैले म यसको ’boutमा सोच्दिन।”

“हाल म टोलीको ’boutमा सोच्दै छु। सबै जना आफ्नो टिममा केन्द्रित छन् र सबै जना जित्ने चाहन्छन् … यो महत्त्वपूर्ण हो।”