“रामोस र रियल म्याड्रिडले रोनाल्डोको गल्ती दोहोर्याउँदैन”

पूर्व रियल खेलाडी र कोच जर्ज वल्दानो विश्वास गर्छन् कि रियलका स्टार डिफेन्डरले क्लब संग आफ्नो अनुबन्ध विस्तार गर्ने छन् र उनले फ्री एजेन्टको रुपमा क्लब छोड्ने छैनन्।

हाल क्लब कप्तान सर्जियो रामोस र क्लब बीचको सम्झौता अन्त्य हुने क्रममा छ र सो बिस्तार गर्ने वार्ता सफल हुन सकेको छैन तर पुर्व रियल कोचको विश्वास छ कि रामोसले नयाँ सम्झौतामा साइन गर्ने छन्।

उनले रामोसको अवस्थालाई युभेन्टसका सुपरस्टार रोनाल्डोको रियल स्थति संग तुलना गरे।

पूर्व ब्ल्यान्कोस खेलाडी र प्रशिक्षकले एल ट्रान्सिस्टरलाई भने: “उनले म्याड्रिडको साथ सम्झौता नवीकरण गर्नेछन्। यदि भएन भने यो दुबै तिरको गल्ती हुनेछ।

“क्रिस्टियानोमा पनि त्यस्तै भयो। उनको बिना रियाल म्याड्रिड च्याम्पियन्स लिगमा सफल भएनन् र क्रिस्टियानो बलोन डि’ओर जित्न असफल भए ।

“रामोस र रियल म्याड्रिडले फेरी पनि रोनाल्डो संगको जस्तो गल्ती दोहोर्याउँदैन”