रियाल म्याड्रिडका कप्तान सर्जियो रामोस र लिभरपूलका स्टार भर्जिल भ्यान डाइक दुबै हाल फुटबलका उत्कृष्ट डिफेन्डरहरु हुन्। दुबैको उत्कृष्ट खेलको कारण आक्रमणकर्ताहरुलाई गार्हो हुने गरेको छ।
Sergio Ramos and Virgil Van Dijk name their toughest opponents, only one picks Lionel Messi. 👀https://t.co/VIiqR9V5MP
— SPORTbible (@sportbible) November 10, 2020
तर दुई स्टार डिफेन्डरलाई गार्हो गर्ने अन्य खेलाडीहरु पनि रहेका छन् र दुबैले आफुले सामना गरेका सबैभन्दा कठिन विपक्षी खेलाडीको नाम लिएका छन्।
ट्विटरमा प्रश्नोत्तरको क्रममा, डच स्टार सेन्टर-ब्याकलाई आफ्नो क्यारियरमा सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडी को रहेको भनेर प्रस्न गर्दा उनले मेस्सीको नाम लिए।
भ्यान डाइकले म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोलाई मार्क गर्न सबैभन्दा गाह्रो भएको बताए। तर मेस्सीलाई सबैभन्दा कठिन खेलाडीका रूपमा छनौट गरे।
📱[Virgil Van Dijk on Twitter] | Toughest opponent I’ve faced? “there are some difficult strikers out there but probably Leo Messi” pic.twitter.com/WVozjNQK2v
— BarçaTimes (@BarcaTimes) March 31, 2020
“केही स्ट्राइकरहरू छन् जसको बिरुद्ध खेल्न गार्हो तर शायद लियो मेस्सी सबैभन्दा गार्हो हो,” नेदरल्याण्डका कप्तानले भने।
यसैबीच, रामोसले भने आफुले सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडी पुर्व बार्सा स्टार रोनाल्डिन्हो रहेको बताए।
Sergio Ramos: “Ronaldinho was virtually unstoppable at his best, as a forward or a playmaker.”@10Ronaldinho @SergioRamos @FCBarcelona @realmadrid pic.twitter.com/4BYPOuqvBT
— Bysport (@igbysport) July 30, 2020
रामोसले खुलासा गरे कि उनका सबैभन्दा कडा विपक्षी खेलाडी ब्राजीलका लेजेण्ड रोनाल्डिन्हो थिए। “आफ्नो सर्वश्रेष्ठमा हुँदा रोक्न नसक्ने” खेलाडी भनेर रामोसले रोनाल्डिन्होलाई वर्णन गरे।