रामोस रियल म्याड्रिड छोड्न तयार

स्पानीस संचार माध्यमका अनुसार सजियो रामोसको सम्झौता सक्के पछि रियल म्याड्रिड छोड्न तयार हुने जनाएका छन। उन्को सम्झौता ६ महिना पछि सकिदै छ।

क्लबका पदाधिकारीहरु उन्लाइ क्लबमा राख्नलाई रामोससंग कुरा भइरहेको बताए पनि कुराले कुनै निचोडमा पुग्न सकेको छैन। आउदो जानवरिबाट रामोसले स्पेन बाहिरको क्लबसंग सम्झौता गर्न सक्ने छ।

स्पानीस रेडियो ओन्डा सेरोका अनुसार रामोसले क्लब छोड्ने महसाय बनाएको र इङलिस क्लबको प्रस्तावलाई सकारात्मक रुपमा लिने जनाएका छन।