रामोस रियल फर्किने क्रुसको दावी

एजेन्सी, रियल मड्रिडका जर्मन मिड्फिल्डर टोनि क्रुसले रामोस एक दिन रियल फर्किने दावी गरेका छन्। रिपोर्टका अनुसार युरो २०२० अन्तर्गत जर्मनीको हङ्गरी विरुद्धको खेल अघिको पत्रकार सम्मेलनमा उनले रामोस एक दिन रियल फर्किने दावी गरेका हुन्।

उनले उक्त पत्रकार सम्मेलनमा- “मलाई सर्जियो रामोस बिनाको रियल मड्रिड थाहा छैन। उनले आफ्नो करियरको अन्त्य रियल मड्रिडमा नगर्ने कल्पना गर्न सकिदैन।” भनेका थिए। रिपोर्टका अनुसार रियल मड्रिडले रामोसलाई लामो समय सम्म अनुबन्ध गर्ने प्रतिबद्धता नदेखाएपछि रामोसले क्लब छाड्ने घोषणा गरेका थिए।
रामोस २००५ मा अर्का स्पेनिश क्लब सेभियाबाट रियल मड्रिडमा अनुबन्ध भएका थिए। यस अघी रियल मड्रिडका अर्का पुर्व स्टार गोलकिपर इकर क्यासियासले आफ्नो खेलाडी जीवनबाट सन्यास लिएपछि रियल मड्रिड फाउन्डेसनको सहायक निर्देशकको रुपमा रियल फर्केका थिए।