रामोस: म रियल म्याड्रिडबाटै आफ्नो खेल जीवन अन्त्य गर्न चाहन्छु

रियल म्याड्रिडका कप्तान सर्जियो रामोस क्लबमै रहने भएका छन् । रामोस सन् २०२१ सम्म क्लबमै रहने क्लब तथा रामोसले उल्लेख गरेका छन् ।

रियलमा उनको सम्झौता २०२१ सम्म छ । सोही सम्झौता अवधिसम्म रामोस रियलमै रहने क्लबले जनाएको छ । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेज र रामोसबीच राम्रो सम्बन्ध हुन नसकेपछि रामोसले क्लब छाड्ने धम्की दिदै चिनिया सुपर लिग (सिएसएल) जाने समाचार सञ्चार माध्यममा छाएको थियो ।

अध्यक्ष पेरेजले रामोसलाई क्लबमै रहन अनुरोध गर्दै रामोस पैसाका लागि चिनिया सुपर लिगमा जान नसक्ने बताएका थिए ।

३३ वर्षीय कप्तान रामोसले रियलसँगको सम्झौतार आफ्नो खेल करियर यही अन्त्य गर्ने बताएका छन् । ‘म यहाँ लगातार १५औं सिजन क्लबमा रहेको छु । म रियलमा आफ्नो खेल करियर अन्त्य गर्न चाहन्छु । यसका लागि म रियलसँग थप सम्झौता गर्नेछु,’ रामोसले भने, ‘म र अध्यक्ष पेरेजबीच बुवा छोराको जस्तै सम्बन्ध छ । हामी लामो समयसँगै छौ । मलाई लगातार पेरजको टिममा हुदा गर्व महसुस हुन्छ ।’

रामोस सन् २००५ मा सेभियाबाट रियल पुगेका थिए । उनले रियलबाट ४ च्याम्पियन्स लिग, ४ स्पेनिस ला लिगा, ४ फिफा क्लब विश्वकप जितेका छन् । यस्तै तीन कोपा डेल रे, ३ स्पेनिस कप र तीन युरोपियन सुपर कप जितेका छन् ।