सर्जियो रामोसको भबिस्य लिओनेल मेस्सीको जस्तो पेरिस सेन्त जर्मनमा हुन सक्दछ।
रियल म्याड्रिडमा दुई दसक बिताएका रामोस र बार्सिलोना स्टार एक अर्कासंगै पिएसजीबाट खेल्ने सम्भावना रहेको छ। दुबैको सम्झौता यसै जुन ३० मा सकिदै छ।
एल चिरिङुइतोका प्रस्तोता जोसेप पेदेरोलका अनुसार “पिएसजिले मेस्सी, रामोस सम्मेलित एउता उत्कृष्ट टिम बनाउन लागेको छ”।
पिएसजीले म्याड्रिड भन्दा राम्रो प्रस्ताव गरेमा रामोसले उक्त प्रस्तावलाई सहजै स्विकार्ने बताए।
हालको अवस्थामा रामोसले सम्झौता नविकरणको प्रस्ताब अस्वीकार गरेका छन भने रामोसलाई रियलमा राख्न पेरेज फेरि वार्ता गर्नु पर्ने जरुरी छ।