रामोस पिएसजीमा आबद्ध

एजेन्सी, रियल म्याड्रिडका पुर्व डेफेन्डर तथा कप्तान सर्जियो रामोस फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएको छ। पिएसजीसंग दुई बर्षको सम्झौता गर्दै उनी पेरिस लागेको हो।

पिएसजीले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै सार्वाजनिक गरेका छन। केही दिन अघि देखि यी दुई पक्षीय वार्ता हुँदै आएको थियो।

बुधबार रामोस फ्रान्स पुग्दै सम्झौतामा हस्ताक्षर गरेका हुन। उनको सोही दिननै मेडिकल जाँच भएको थियो।

रियल म्याड्रीडले रामोसलाई एक बर्षको सम्झौता प्रस्ताव राखेको थियो। यद्यपि, उनले सो प्रस्ताव स्विकार क्लबले रद्ध गरे।

उनले स्पेनिस क्लबबाट ६७१ खेल खेल्दै १०१ गोल गरेका छन।