“रामोस क्लबमा रहन चाहे पनि रियलले उनलाई राम्रो प्रस्ताव दिएनन्”

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ। क्लब संग उनको सम्झौता अन्त्य हुने क्रममा छ र रियल र उनि बीचको सम्झौता विस्तारको वार्ता सफल हुन सकेको छैन।

उनि फ्री एजेन्ट हुने क्रममा छन् भने पिएसजी जस्तो क्लब उनलाई साइन गर्न इच्छुक छन्। हाल उनको अवस्था बारे प्रसिद्ध इटालियन ट्रान्सफर विशेषज्ञ फाब्रिजियो रोमानोले बोलेका छन्।

रोमानोका अनुसार रामोस रियलमै रहन चाहन्छन् तर उनको माग रियलले पुरा गर्न सकेका छैनन्।

“उनि क्लबमा रहन चाहन्छन् तर उनि दुई बर्षको कन्ट्र्याक्टको माग गर्दै छन् र रियल म्याड्रिड एक वर्षको सम्झौता मात्र प्रस्ताव गर्दै छन्।” रोमानोले बताए।

“यो फरक स्थिति हो जब सम्म दुई मध्ये एकले आफ्नो माग परिवर्तन गर्दैनन्, परिणाम रामोसले क्लब छोड्ने वा अन्य क्लबको प्रस्ताव सुन्न हुने छ ।

रामोसको सपना नयाँ सान्टियागो बर्नबेउ स्टेडियम खेल्ने पहिलो खेलाडी बन्ने रहेको छ, पुरानो स्टेडियमको अन्तिम कप्तान र नयाँ स्टेडियममा पहिलो कप्तान हुने उनको इच्छा छ। उनि रियललाई धेरै माया गर्छन।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ