रामोसले लोस ब्लान्कोसको लागि १०० गोल पुरा गर्दै इतिहास बनाएका छन्

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र इन्टर मिलान बीच भएको खेलमा क्लबका स्टार डिफेन्डर र कप्तान सर्जियो रामोसले क्लबमा आफ्नो १०० गोल पुरा गरेका छन्।

डिफेन्डर भए पनि रामोसले आफ्नो गोल गर्ने क्षमताले सबैलाई प्रभावित गर्दै आएका छन् भने मंगलबार राति भएको खेलमा रियलको ३–२को जितमा पनि गोल गर्दै उनले रियलको लागि आफ्नो १०० गोल पुरा गरेका छन्।

रियालका लागि १०० गोलको मतलब उनले लस ब्लान्कोसका लागि काका, जिदान र लुइस फिगो जस्ता लेजेण्ड खेलाडीहरू भन्दा बढी गोल गरेका छन्।

यो सिजनमा उनको मेस्सी भन्दा धेरै गोल रहेको छ, त्यो पनि रामोसले ‘ओपन प्ले’बाट बढी गोल गरेका छन्।

रामोस पक्कै पनि क्लबको एक लेजेण्ड हुन् उनले डिफेन्समा मात्र नभै गोल गरेर पनि क्लबको मद्दत गर्दै आएका छन्।