रामोसले मोड्रिचलाई भने “अब बलोन डि’ ओर जित्ने पालो”

यूईएफए च्याम्पियनस लीग गालामा रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले मोड्रिचलाई बधाई दिएका छन् र अब बलोन डि’ ओर जित्न तयार रहन बताए ।

युरोपको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि क्रोएसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जिते पछि रामोसले मोड्रिचलाई किस्स गरेको फोटो सेयर गरेका थिए ।

“अब, बलोन d’Or को लागि,” इन्स्टाग्राम पढ्दा उनको सन्देश।

मोड्रिचले रोनाल्डो भन्दा ९० मत बढी पाउँदै अवार्ड जिते । प्रिमियर लिगको गोल्डेन बुट विजेता सलाहले १ सय ३४ अंक पाए । सर्वात्कृष्ट खेलाडी चुन्नका लागि युरोपका ८० क्लब प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारकाे मत गनिएकाे थियाे ।