रामोसलाई साइन गर्न पिएसजी ‘ब्ल्यांक चेक’ दिन तयार

सर्जियो रामोसलाई साइन गर्न पेरिस सेन्ट-जर्मेन उनलाई ‘ठुलो तलब’ दिन तयार रहेको खबर छ। खबर अनुसार पिएसजी रियल म्याड्रिडका स्टार डिफेन्डर साइन गर्न इच्छुक रहेका छन्।

रियलका स्टार कप्तानको क्लब संगको सम्झौता यो सिजन पछि अन्त्य हुने छ रामोस क्लब संग २ वर्षको सम्झौता विस्तार माग गर्दै छन् तर त्यो ३० बर्ष भन्दा बढी उमेरको खेलाडीहरुका लागि रियलको नीति बिरूद्ध जाने छ।

रियल रामोसलाई क्लबमै राख्न चाहन्छन् तर कुनै सम्झौता भने भएको छैन जसको फाइदा पिएसजी लिन चाहन्छन् ।

खबर अनुसार रामोस पिएसजीको मुख्य लक्ष्य हुने छन् र उनलाई क्लबमा भित्राउन जति रकम पनि तिर्न तयार हुने छन्।  उनलाई साइन गर्न उनले चाहेको सम्झौता लम्बाई र तलब पिएसजी दिन तयार रहेको खबर छ।

रामोस २००५मा सेभिलाबाट रियलमा आएका थिए र ४६२ खेलमा उनले रियलको लागि १०० गोल गरेका छन्। उनले रियल संग २२ उपाधि जितेका छन् जसमा चार च्याम्पियन्स लिग ट्राफी र ४ ला लिगा रहेको छ।