रामोसलाई साइन गर्न पिएसजी सफल

रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसको नयाँ क्लब पिएसजी हुने खबर छ। रियलका स्टार सेन्टर ब्याकले क्लब सँग नयाँ सम्झौता गरेनन् र दुई बिच सम्झौता विस्तारको धेरै वार्ता भए पनि सो सफल नरहे पछि उनी फ्री एजेन्ट बनेका छन् र हाल खबर अनुसार फ्रेन्च क्लब पिएसजी उनलाई साइन गर्न धेरै नजिक रहेको छ।

हाल उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला लिग १ क्लब पिएसजी उक्त दौडमा धेरै अगाडी रहेको जानकारी छ। उनको नाम पिएसजी सँग धेरै समय देखि जोडिएको थियो भने हाल पिएसजी र रामोस बिच व्यक्तिगत सम्झौता भएको खबर छ भने रामोस पिएसजी खेलाडी बन्न धेरै नजिक रहेको कुरा छ।

पिएसजीले उनलाई €१५ मिलियन प्रति वर्षको तलबको प्रस्ताव गरेको र रामोसले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी छ। म्यान युनाइटेड र म्यान सिटीको नजर पनि उनी माथि रहेको खबर भए पनि पिएसजी र रामोस बीच सम्झौता भएको र उनको पेरिसमा मेडिकल हुने र सो पछि क्लबले उनको ट्रान्सफरको सार्वजनिक घोषणा गर्ने खबर छ।

रामोस रियलको एक लेजेण्डको रुपमा रहेका छन् र उनले क्लब छोड्ने कुरा रियलले पुष्टि गरेको थियो। २००५मा उनी सेभिल्लाबाट रियल आएका थिए र हाल सम्म उनले रियलको लागि ६७१ खेल खेल्दै १०१ गोल र ४० असिस्ट गरेका छन्। उनले रियल सँग धेरै उपाधिहरू जितेका छन् जसमा ४ च्याम्पियन्स लिग र ५ लिग उपाधिहरू पनि रहेको छ।