“रामोसलाई क्लबमै राख्न हामीले गर्न सक्ने सबै प्रयास गर्‍यौँ”- पेरेज

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका स्टार डिफेन्डर सर्जियो रामोसले क्लब छोड्ने कुरा बारे बोले भने उनी अन्ततः क्लबमा फर्किने कुरामा उनले जोड दिए। रामोस र रियल बिच सम्झौता विस्तार नहुने भए पछि रामोसले क्लब छोड्ने कुराको पुष्टि भएको थियो भने फ्यानहरूद्वारा रियलको आलोचना पनि भएको थियो।

रामोसले रियलमै रिटायर गर्ने धेरैको विश्वास रहेको थियो तर रामोस पनि अन्य लेजेण्डहरू अन्य क्लब खोज्न बाध्य भए पछि फ्यानहरू क्लबको निर्णयबाट खुसी नहुँदा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सो बारे बोलेका छन् भने उनलाई क्लबमा राख्न रियलले सबै प्रयास गरेको उनको विश्वास छ।

“म रामोसलाई आफ्नो छोरालाई जस्तै माया गर्छु, उनलाई मैले २००५ मा यहाँ ल्याएको थिएँ र यसभन्दा पहिले म खेलाडीसँग प्रेस सम्मेलनमा कहिल्यै जाँदिन थिए,” पेरेजले भने।

“म उनको लागि धेरै प्रशंसनीय छु, उहाँ उनी एक लेजेण्ड हुन् र हामी उनलाई क्लबमै देख्न चाहान्छौं, रामोसलाई क्लबमै राख्न हामीले गर्न सक्ने सबै प्रयास गर्‍यौँ, हामीले उनलाई धेरै सम्झौताको प्रस्ताव राख्यौ र हामी सफल भएनौँ।

“यो उनको घर हो र उनी निश्चय नै अर्को भूमिकामा क्लबमा फर्किनेछन्।”