‘रामोसलाई क्लबमा राख्न खेलाडीहरु बेच्न पर्ने बाध्यता छ’

हाल रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छोड्ने धेरै हल्ला रहेको छ। रियल सँग उनले सम्झौता विस्तार गरेका छैनन् र उनी फ्री एजेन्ट हुने क्रममा रहेका छन्।

रियलले उनलाई नयाँ प्रस्ताव गरे पनि दुई बिचको वार्ता सफल हुन सकेको छैन। रियलले गरेको प्रस्तावबाट रामोस खुसी छैनन् र उनी क्लब छोड्न नजिक हुँदै गएको बेला सो बारे क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बोलेका छन्।

रामोसलाई क्लबमा राख्न क्लबले केही खेलाडीहरू बेच्न पर्ने उनले दाबी गरे। हाल क्लबको आर्थिक अवस्थाको कारण सम्झौता विस्तारको कुरामा पनि क्लबलाई गाह्रो भएको उनले बताए।

रामोस बारे  पेरेजले भने , “मलाई कसरी उनी मन नपर्न सक्छ, म उनलाई आफ्नो छोरालाई जस्तो मन पराउँछु।

“यो म्याड्रिडको स्थितिमा निर्भर गर्दछ, यस वर्ष हामी ३०० मिलियन कम कमाउनेछौँ। हामीले खेलाडी बेच्नु पर्छ, चीजहरू गर्नुपर्छ … मैले अहिलेसम्म गर्न सक्ने कुरा गरेँ र मैले गलत गरेको छैन। केहीले भने कि मलाई फुटबलको बारेमा थाहा छैन।

“मैले सके जति सबैलाई समर्थन गरेँ र रियललेलाई परिवर्तन गरेँ, ३०-४० मिलियन गुमाउने क्लबबाट कमाउने क्लब बनाए।”