रामोसको विकल्पको रुपमा रियलको नजर यी ५ स्टार डिफेन्डरहरुमा

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ। क्लब संग उनको सम्झौता अन्त्य हुने क्रममा छ र रियल र उनि बीचको सम्झौता विस्तारको वार्ता सफल हुन सकेको छैन।

खबर अनुसार रामोसले क्लब छोडे उनको विकल्प साइन गर्न रियल तयार अवस्थामा हुने छ। हालै रियलले फ्री एजेन्ट हुने क्रममा रहेका डेविड अलबा संग सम्झौता पुरा गरे पनि रियलको योजना अझै एक सेन्टर ब्याक साइन गर्ने खबर छ भने रियल संग ४ खेलाडीको सुची रहेको कुरा छ र ति मध्ये एक रियलले साइन गर्ने छ। ।

खबर अनुसार क्लब कप्तान रामोसको प्रतिस्थापनको लागि रियलले ५ स्टार डिफेन्डरहरु मध्ये एक छोनोट गर्ने छ र रियलको सुचीमा भर्जिल भ्यान डाइक , डायोट उपमेकेनो, कालिदौ कोलीबाली, लियोनार्डो बोनुची र डेविड अलबा( जो संग रियलले सम्झौता गरिसकेका छन्)।

आफ्नो स्टार डिफेन्डरहरु रामोस संग सम्झौतामा पुग्न असफल रहेका रियल नयाँ डिफेन्डरहरुको खोजीमा पनि सक्रिय छन् र डेविड अलबा साइन गरे पनि रामोसले क्लब छोडे थप एक सेन्टर ब्याक रियलले साइन गर्ने खबर छ।