“रामोसको प्रदर्शन घटने क्रममा छ र लिभरपूललाई उनको आवश्यकता छैन”

लिभरपूलका लेजेण्ड स्टीव निकोलको तर्क छ कि सर्जियो रामोसको प्रदर्शन “खस्किदै” छ र लिभरपूलले उनलाई साइन गरे त्यो “हताश”को रूप मा देखा पर्नेछ।

क्लोप हाल क्लबमा खेलाडीको चोटबाट अप्ठ्यारो अवस्थामा रहेका छन्। भ्यान डाइक जस्तो स्टार डिफेन्डर चोटग्रसित हुँदा लिभरपूलले उनको विकल्प खोज्न पर्ने भएको छ र धेरै रामोस उनको राम्रो विकल्प हुन सक्ने विश्वास गरेका छन्।

पिएसजी जस्तो क्लबहरु रामोस साइन गर्न इच्छुक रहेका छन् भने लिभरपूलको पनि उनि माथि चासो हुन सक्ने खबर रहेको बेला लिभरपूलका लेजेण्ड स्टीव निकोलले सो बिरुद्ध बोलेका छन्।

उनको विश्वास रहेको छ कि लिभरपूलले आरबी लाइपजिग डिफेन्डर उपमेकानो साइन गर्नु पर्छ।

“भ्यान डाइक चोटग्रसित रहेका छन् भने हामीले नयाँ युवा खेलाडी साइन गर्नु पर्छ। उनले बताए। यदि लिभरपूलले रामोस साइन गरे भने भने यो केवल केही सिजनको लागि हुने छ। मलाई लाग्छ उनको प्रदर्शन ‘खस्किदै’ छ र लिभरपूललाई उनको आवश्यक छैन”

“तर यो सबैभन्दा खराब हस्ताक्षर पनि हुने छैन, उनले काम गर्ने सक्छन। तर हाल उनि पनि घाइते छन्, उनलाई हेमस्ट्रिंगको चोट लागेको छ।”