रामोसको प्रतिस्थापन हुन सक्ने यी ४ स्टार डिफेन्डरहरू रियलको नजरमा

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब सँग अझै पनि सम्झौता विस्तार गरेका छैनन्। हालै एक अन्तर्वार्तामा क्लबमा आफ्नो भविष्य बारे बोल्दै भने “यहाँ मेरो सम्झौताको बारेमा कुनै नयाँ खबर छैन … म राम्रो खेल्न र मेरो सर्वश्रेष्ठ संस्करण दिनेमा केन्द्रित छु”

रामोसको भविष्य रियलमा अनिश्चित रहेको बेला क्लबले अहिले देखि नै उनी बिनाको जीवनको लागि तयार हुन पर्ने छ र खबर अनुसार रामोसको प्रतिस्थापन हुन सक्ने ४ स्टार डिफेन्डरहरूमा रियलको निगरानी छ।

खबर अनुसार क्लब कप्तान रामोसको प्रतिस्थापनको लागि रियलले ५ स्टार डिफेन्डरहरूको सुची तयार गरेको छ। उक्त सुची टोरेस पाउ, कालिदौ कोलीबाली, लियोनार्डो बोनुची र डेविड अलबा( जो सँग रियलले मौखिक सम्झौता भएको खबर छ ) रहेको जानकारी छ।

रियलले सके सम्म उनलाई क्लबमा राख्ने प्रयास गर्ने खबर छ र रामोस सँग सम्झौतामा पुग्न असफल रहे नयाँ डिफेन्डरहरूको खोजीमा रियल सक्रिय हुने छ र डेविड अलबा साइन गरे पनि रामोसले क्लब छोडे थप एक सेन्टर ब्याक रियलले साइन गर्ने खबर छ।