रियाल म्याड्रिडले ब्रागाका डिफेन्डर डेभिड कार्मोमा निगरानी राख्दै गरेको खबर छ र ए एसका अनुसार रियलले उनलाई सर्जियो रामोसको सम्भावित प्रतिस्थापनको रूपमा साइन गर्ने छ।
Real Madrid eyeing David Carmo to replace Sergio Ramos: https://t.co/JvOrVW3imV pic.twitter.com/gAdeJnKppL
— AS English (@English_AS) February 16, 2021
रियल र रामोस बिचको सम्झौता सिजनको अन्त्यमा समाप्त हुने छ र दुई बिच सम्झौता विस्तारको कुरा सफल हुन सकेको छैन। रियल अहिले देखिनै आफ्नो स्टार कप्तानविनाको जीवनको योजना बनाउन बाध्य छ र उनको प्रतिस्थापनहरूको सूची बनाउन रियल सक्रिय छन्।
खबर अनुसार हाल रियलको नजर २१ वर्षका युवा डिफेन्डर डेभिड कार्मोमा रहेको छ। उनको रिलिज क्लज €४० मिलियन हुने कुरा छ भने लिभरपुल पनि उनी माथि इच्छुक रहेको चर्चा छ।
Real Madrid are keeping an eye on Braga’s 21-year-old centre-back David Carmo and have received positive reports on the Portuguese defender. Real Madrid would be very well positioned to sign the player due to the good relationship with the Portuguese side. [AS] pic.twitter.com/xO6bZ6jbnn
— 𝗥𝗠𝗢𝗻𝗹𝘆 (@ReaIMadridOnly) February 16, 2021
डेविड अलबा पनि रामोसको विकल्प हुने चर्चा थियो उनले बायर्न म्युनिख छोड्ने कुराको पुष्टि भएको छ भने रियल उनको नयाँ गन्तव्य हुने भनिए पनि ब्रागाका डिफेन्डर डेभिड कार्मोमा रियलको निगरानी रहेको खबर छ।
हाल डेभिड कार्मो चोटको कारण लामो समय सम्म मैदानमा हुने छन् र सो कुराको फाइदा लिँदै रियलले उनलाई साइन गर्ने खबर छ।