आर्सेनलका खेलाडीले केही बालकहरू संग अनलाइन अन्तर्वार्तामा भाग लिएका थिए र रियलका युवा स्टार मार्टिन ओडेगार्ड जो हाल लोनमा अर्सेनलमा छन् उनी सो अन्तर्वार्तामा संलग्न रहेका थिए र एक बालकले उनलाई निकै हास्यास्पद कुरा बताए।
Martin Odegaard 🗣️: “Ah nice. Yahya and your brother?”
Young fan 🗣️: “I want to be an architect when I grow up… I don’t want to be a footballer because I’m scared that I might meet Sergio Ramos and he might break my legs!” 🤣https://t.co/JtMv47F8Dl
— SPORTbible (@sportbible) February 19, 2021
एक बालकले मार्टिन ओडेगार्डलाई भने कि उनी आफू फुटबलर बन्न चाहँदैनन् किनभने उनी रियलका कप्तान सर्जियो रामोससँग डराउँछन्।
धेरै बच्चाहरू फुटबलर बन्ने सपना देख्छन्, तर सबैले सो मौका पाउने गर्दैनन् तर उक्त बालकले रामोसको कारण फुटबल खेलाडी बन्न डर लागेको भने।
Kids be scared of @SergioRamos too? Be nice please🤣 pic.twitter.com/w4EqZQKEVL
— Sonayon Michael (@MichaelSonayon) February 19, 2021
उक्त प्रश्न उत्तर अन्तर्वार्तामा एक बालकले भने: “म ठुलो भए पछि आर्किटेक्ट बन्न चाहन्छु, म फुटबल खेलाडी बन्न चाहन्न किन भने मलाई रामोस देखि डर लाग्छ। खेलमा मैले उनलाई भेटे भने उनले मेरो खुट्टा भाँच्न सक्छन्”
उक्त बालकको कुरा सुनेर मार्टिन पनि हाँस्न पुगे र उनले उक्त बालकलाई चोट पनि फुटबलको भाग हो भने।