राबिओट युनाईटेड नआउने पक्का

एजेन्सी । म्यान्चेस्टर युनाईटेडले फ्रेन्च मिडफिल्डर एड्रियन राबिओटलाई अनुबन्ध नगर्ने भएको छ । पछिल्लो समय राबिओटलाई भित्र्याउन इच्छा व्यक्त गरेको युनाईटेडले अनुबन्ध नगर्ने पक्का भएको छ ।

युभेन्टससंग ट्रान्सफर रकम’bout सहमती जनाइसकेको युनाईटेड खेलाडिको पारिश्रमिकमा भने सहमती जुटन नसके पछि अनुबन्ध प्रक्रिया रद्ध गरिएको हो ।

राबिओटको युभेन्टससंग सम्झौता बाकी एक सिजन रहेको छ । त्यसपछी, उनि फ्रि एजेन्ट हुने पक्का छ ।

युनाईटेडले मिडफिल्डमा अरु विकल्प खोज्न सुरु गरिसकेको छ । क्लबले बार्सिलोनाका फ्रान्की डि योङलाई प्रमुख लक्ष्य राखेको छ ।