राफेल नाडाल यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

विश्व नम्बर दुई टेनिस खेलाडी राफेल नाडाल यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विहीबार भएको क्वार्टरफाइनलमा अर्जेन्टिनी खेलाडी डिएगो स्वाट्र्जम्यानलाई ३–० को सोझो सेटमा हराउँदै नाडाल अन्तिम चारमा प्रवेश गरेका हुन् ।

१८ पटकका ग्राण्डस्लाम विजेता स्पेनिस स्टार नाडालले २१ औं वरीयताका डिएगोलाई ६–४, ७–५ र ६–२ को सेटमा हराए।

फाइनल प्रवेशका लागि अब नाडालले इटालीका माटियो बेरेट्टिनीसँग प्रतिस्पर्धा गर्नेछन् ।