राफा बेनिटेज एभरटनको नयाँ प्रशिक्षण नियुक्त

एजेन्सी, लिभरपुलका पुर्व प्रशिक्षक राफा बेनिटेज एभरटनका नयाँ प्रशिक्षक नियुक्त भएका छन्। करिब दुई हप्ताको कुराकानी पछि उनी २०२४ सम्मका लागि एभरटनका प्रशिक्षक नियुक्त भएका हुन्।

एभरटनका पुर्व प्रशिक्षक कार्लो एन्सेलोटिले रियल मड्रिड जाने निर्णय गरे पछि एभरटन नयाँ प्रशिक्षकको खोजीमा लागेका थिए। उनलाई भित्र्याउन केही इटालियन क्लबहरुले प्रयास गरेता पनि प्रेमियर लिग नै उनको प्राथमिकता रहेको बताइएको छ। रिपोर्टका अनुसार बेनिटेज एभरटनको उदेश्य र ट्रान्सफर मार्केटमा राम्रा खेलाडीहरुका लागि खर्च गर्ने इच्छुकता देखेर प्रभावित थिए।
६१ वर्षका स्पेनिश प्रशिक्षक बेनिटेज २००४ देखि २०१० सम्म लिभरपुलका प्रशिक्षक थिए। उनले २००५ मा लिभरपुलसँग च्याम्पियनस लिगको उपाधी पनि जित्न सफल भएका थिए। उनले रियल मड्रिड र नापोली जस्ता क्लबहरुलाई पनि प्रशिक्षण दिई सकेका छन्।