राप्रपा अध्यक्ष कमल थापाले भुटानमा जिते पहिलो खेल

भूटानको राजधानी थिम्पुमा आज मंगलबार देखि ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा बिभिन देशहरु सहभागी छन्। नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ। मेन्स सिंगल्स, लेडिज सिंगल्स, ४५ समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्।

नेपालको तर्फबाट मेन्स सिंगल्समा एवन लिसानेविच र राप्रपा अध्यक्ष कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५ सिंगल्समा राप्रपा अध्यक्ष कमल थापा, चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।

मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई ७-५, ७-६ र एवन लिसानेविचले भुटान कै जिग्मे नोर्बु लाई ६-०, ६-२ ले पराजित गरे। लेडिज सिंगल्सको पहिलो राउण्डमा नेपालकी असलेषाले भुटानकी चेन्चो डेमलाई ६-०, ६-० ले पराजित गरिन्।