रातो कार्ड दिएको विषयमा रेफरीलाई मुक्का

रूसका पूर्व कप्तान रोमन शिरोकोभले एक खेलको दौडान रेफरी माथि आक्रमण गरे पछि रेफरी अस्पतालमा भर्ना हुन परेको छ।

एमेच्योर लिगको एक खेलमा रोमन शिरोकोभले आफ्नो टिमले पेनाल्टी पाउन पर्ने भन्दै रेफरी संग बहस गर्न पुगे र रेफरीले उनलाई रातो कार्ड देखाए पछि उनले रेफरी माथि आक्रमण गरे ।

उनले रेफरीलाई मुक्का र लात हने जसको कारण रेफरी लडे सबैले उक्त आक्रमण रोक्न र शिरोकोभलाई नियन्त्रण गर्न प्रयास गर्दै अघि बढे।

उक्त घटना पछि रोमन शिरोकोभलाई MatchTV द्वारा निलम्बन गरिएको छ, उक्त स्टेशनमा उनि एक फुटबल पंडितको रूपमा काम गर्थे।