रातो कार्डको हजार र पहेलो कार्डको पाँच सय तिर्नुपर्ने

आगामी असोज १३ गतेबाट सुरु हुने ‘ए’ डिभिजन लिगलाई अनुशासन र मर्यादित राख्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीले फउल गरेबापत पाउने कार्डको जरिवाना रकम महँगो राखेको छ ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडी र प्रशिक्षकले पाउने रातो र पहेँलो कार्डको जरिवाना रकम निर्धारण गरेको हो ।

यसपटक एन्फाले रातो कार्डको १ हजार र पहेँलो कार्डको ५ सय रुपैँया तिर्नुपर्ने बताएको हो । यस्तै कार्डबापतको जरिवाना रकम स्वयमले कार्ड पाउने खेलाडीले तिर्नुपर्ने एन्फाले जनाएको छ ।