राकिटिचको गोलमा बार्सिलोनाको नापोली माथी जित

बार्सिलोनाले मायमीमा भएकाे मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीलाई २-१ को नतिजामा पराजित गरेकाे छ।

बिहीबार बिहान मिचिगान रंगशालामा भएकाे खेलकाे ३९औं मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी रहँदा बार्सिलोनाका रक्षक स्याम्युएल उम्टिटीले गरेको आत्मघाती गोलबाट नेपोली खेलमा फर्किएकाे थियो।

प्रतिस्पर्धात्मक खेलको ७९औं मिनेटमा इभान राकिटिचले गरेको गोल कप्तान लियोनेल मेसी बिना अमेरिका पुगेको बार्सिलोनालाई जित दिलाउन पर्याप्त भयो।