एजेन्सी, पाकिस्तानका तिव्र गतिका बलर हरिस राउफले अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट खेल गुमाउने भएको छ । उनमा कोरोना देखिए पछि आइसोलेसनमा बसेका छन ।
शुक्रबार देखि हुने टेस्ट सिरिजको पहिलो खेल राउफले गुमाउने भएको हो ।
उनले यसै टेस्ट सिरिजबाट पाकिस्तानका लागि पहिलो टेस्ट खेल्नेछ ।
यसअघि, फहिम अशरफ र हसन अलि चोटका कारण टेस्ट सिरिज नखेल्ने भएको छ । उनिहरुको स्थानमा इफितिखर अहमेद र मोहमद वासिमलाई ल्याइएको छ ।