रसिया दुई वर्षको लागि सबै मुख्य खेलकुदबाट प्रतिबन्धित भएको छ। जसको मतलब रसिया आउँदो ओलम्पिक र फुटबलको २०२२ विश्वकपको लागि अयोग्य हुनेछन्।
BREAKING: Russia was banned from using it’s name, flag and anthem at the next two Olympics or at any world championships for the next two years. https://t.co/dQT9u5hIvn
— The Associated Press (@AP) December 17, 2020
रसियन खेलाडीहरु माथि डोपिंग अथवा प्रदर्शनमा मद्दत गर्ने निषेधित पदार्थ प्रयोग गरेको आरोप लाग्दै आएको थियो। विश्व एन्टी डोपिंग एजेन्सी (वाडा)ले रसियालाई दुई वर्ष सम्म सबै मुख्य खेलकुदबाट प्रतिबन्धित गरेको हो ।
रसिया माथि राज्य प्रायोजित डोपिंग हुने आरोप रहेको छ। वाडाले मूलतः चार बर्षे प्रतिबन्धको सिफारिश गरेको थियो। आर्बिट्रेशन फर स्पोर्ट (क्यास)ले बिहीबार बिहान दुई वर्षको लम्बाई घटाएको थियो।
Breaking News: #Russia has been banned from the upcoming #Olympics or any other tournament for next two years
As per AFP, Russia will not be able to use its name, flag and anthem at the next two Olympics or at any world championships for the next two years. #Olympic #FIFA #WC pic.twitter.com/EpYtH68n5F
— Khel Now (@KhelNow) December 17, 2020
रसियाले २०२२मा कतारमा हुने फिफा विश्वकप खेल्न पाउने छैन भने २०२१ र २०२२को ओलम्पिक पनि रसियाले गुमाउने छ। ओलम्पिकमा भने रसियन खेलाडीहरुले आफुले डोपिंग नगरेको प्रमाणित गर्न सके स्वतन्त्र रुपमा भाग लिन पाउने छन् तर रसियाको नाममा खेलाडीहरु खेल्न पाउने छैनन्।