रसियन क्लबद्वारा रोनाल्डोको ट्रोल

केही दिन अघि युरोपेली पोर्चुगलको इजरायल विरुद्धको खेलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको निकै नै खराब फ्री किकको भिडियो भाइरल भएको थियो हाल सो भिडियोलाई लिएर रसियन क्लब एफसी स्पार्टक मस्कोले रोनाल्डोको ट्रोल गरेको छ।

घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा इजरायलमाथि पोर्चुगलले ४–० को फराकिलो जित दर्ता गरेको थियो तर खेलको ४० औँ मिनेटमा पोर्चुगलले पाएको फ्री किकमा रोनाल्डोले बललाई गोल पोस्ट भन्दा निकै टाढा प्रहार गर्दै अवसर खेर फाले।

रोनाल्डोको उक्त भिडियो धेरै भाइरल भएको थियो भने हाल रसियन क्लबले उनको ट्रोल गरेका छन्। रोनाल्डोको उक्त खराब फ्री किकको भिडियोलाई स्पार्टक मस्कोले इडिट गर्दै लिस्वनमा रोनाल्डोले गरेको फ्री किक प्रहार रसियामा पुगेको र आफ्नो स्टेडियमको गोल पोस्ट भित्र पुगेर गोल भएको देखाए।

रोनाल्डोको उक्त फ्री किक रसियामा पुगेर गोल भएको भन्दै रसियन क्लबले उनको व्यङ्ग्यात्मक रुपमा प्रशंसा गर्दै उक्त टिकटक भिडियो एफसी स्पार्टक मस्कोले ट्वीटरमा पोस्ट गर्दै – यस्तो गोल रोनाल्डोले मात्र गने सक्ने भनेर रोनाल्डोको ट्रोल गरे।