रञ्जर्सले स्कटिस लिग जित्न सफल

एजेन्सी, लिभरपुलका लेजेन्ड्री पूर्व खेलाडी स्टेफेन जेरार्डको प्रशिक्षणमा रहेको रञ्जर्सले स्कटीस च्याम्पियनसिपको उपाधि जितेको छ ।

सेल्टिकले डुन्डी युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि रन्जेर्सले १० बर्षपछि पहिलो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

शनिबार भएको खेलमा रञ्जेर्सले मिरेनलाई तीन शुन्यले हराएको थियो । जसका कारण अंक तालिकामा २० अंकको अग्रता बनाएको थियो । लिगमा ६ खेल बाँकी हुँदै रञ्जेर्स लिग च्याम्पियन बनेको हो ।

जेरार्डका लागि प्रशिक्षकका रुपमा यो पहिलो उपाधि हो । उनले रञ्जेर्सको प्रशिक्षण सम्हालको तीन सिजनपछि प्रतियोगिताको उपाधि जितेका हुन । लगातार १० सिजनमा लिग च्याम्पियन बनेको सेल्टिकलाई यसपटक रञ्जेर्सले पछि पार्यो ।

यो सिजनमा रञ्जर्स अपराजित रहेको थियो । उसले अहिलेसम्म खेलेका खेलमा ८ अंकमात्र गुमाएको थियो ।