यो स्टार स्ट्राइकर साइन गर्न म्यान्चेस्टर युनाइटेडलाई रोबिन भ्यान पर्सीको आग्रह

पूर्व म्यान्चेस्टर युनाइटेड स्टार स्ट्राइकर रोबिन भ्यान पर्सीले ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा पिएसजीका स्टार साइन गर्न म्यान्चेस्टर युनाइटेडलाई आग्रह गरेका छन्।

यस सिजनमा रेड डेभिलहरूको लागि अहिलेसम्म गोलहरूको खडेरी समस्या भएको छ, २५ प्रिमियर लिग खेलहरूमा केवल ३६ गोल गर्न सफल म्यान्चेस्टर युनाइटेडलाई रोबिन भ्यान पर्सीले एडिनसन कावानी साइन गर्न आग्रह गरेका छन्।

शीर्ष गोल स्कोरर मार्कस राशफोर्ड चोटग्रसित भए पछि ओले गुन्नार सोल्सजारलाई पक्कै पनि थप फायरपावर थप्न आवश्यक छ र भ्यान पर्सीले उनलाई राम्रो सुझाव दिएका छन्।

भ्यान पर्सीले उक्त सुझाव ट्वीटर मार्फत दिएका हुन्, एक फ्यानले उनलाई ट्वीटर प्रस्न गर्दा भ्यान पर्सीले एडिनसन कावानी म्यान्चेस्टर युनाइटेडको लागि राम्रो हुने सुझाब दिए।

३२ वर्षका स्टार कावानीले आफ्नो खेल जीवनमा ५७८ खेलमा ३५२ गोल गरेका छन्, उनले नेपोली र पेरिस सेन्ट-जर्मेन जस्तो क्लबमा खेलेका छन्।

उनको पिएसजी संगको सम्झौता जुनमा समाप्त हुनेछ र उनि फ्री एजेन्ट हुने छन्।