लिभरपूलका लेजेण्ड फिल थॉम्पसनले प्रबन्धक क्लोपलाई जनवरीमा दुई नयाँ खेलाडी साइन गर्न आग्रह गरेका छन्।
Liverpool legend Phil Thompson wants two January signings including Dayot Upamecano https://t.co/Ez2QnmtsXj
— Express Sport (@DExpress_Sport) December 25, 2020
लिभरपूल आफ्नो दुई स्टार सेन्टर ब्याक भ्यान डाइक र जो गोमेज बिना हुने हुने छन् दुई स्टार घुँडाको चोटबाट लामो समय सम्म मैदान बाहिर हुने भए पछि क्लब लेजेण्डले दुई खेलाडी साइन गर्न आग्रह गरेका छन् र उनले लिभरपूललाई आरबी लाइपजिगका स्टार डायोट उपमेकानो साइन गर्न आग्रह गरेका छन्।
थॉम्पसनले डेली एक्सप्रेसलाई भने: “हो मैले भने कि लिभरपूलले भान डाइक घाइते हुने बित्तिकै नयाँ खेलाडी हस्ताक्षर गर्नु पर्छ।
“मलाई थाहा थियो फेबिन्होले उनको ठाउँ लिन सक्छन, मैले उनको खेल देखेको छु, र एक डिफेन्डरको रूपमा म खेलाडीहरुको चेतना देख्छु।
“म एक डिफेन्डरको रूपमा खेलाडीहरुको गल्तीहरूलाई हेर्छु र उसको गल्ती धेरै छैन, यही कारणले उनलाई पछाडि खेल्ने राम्रो खेलाडी बनाउँदछ।
“लाइपजिगका उपमेकानो हामी बिरुद्ध खेल्न गइरहेका छन्, म उनलाई मन पराउँछु।
“मलाई लाग्छ उनको मूल्य धेरै हुनेछ तर उनि लिभरपूलमा खेल्न चाहने छन्।”