“यो सिजन हामी सबै उपाधि जित्न चाहन्छौं”

लिभरपूलका गोलकीपर एलिसन भंचन भन्छन् कि यस सिजनमा लिभरपूल सबै कुरा जित्न चाहन्छ।

यस सिजन रेडसले प्रीमियर लिग लगभग आफ्नो नाममा गरिसके छ तर अझै च्याम्पियन्स लिग र एफए कपमा पनि क्लब प्रतिस्पर्धा गर्दैछ।

ब्राजिलका स्टार गोलकीपरले प्रिमियर लिग प्रोडक्शन्सलाई भने: “हामी उपाधि जित्न चाहन्छौं र उपाधि जित्ने हो भने सबै कुरा जित्नु पर्छ। हामी केवल हाम्रो मुख्य लक्ष्य खोज्दैछौं र पछाडि के छ त्यो पछाडिनै हुने छ ।

“हामीले हाम्रो गुणवत्तामा ध्यान केन्द्रित गर्नुपर्दछ। हामीसँग आश्चर्यजनक खेलाडीहरूको साथ अद्भुत समूह छ – एक बाहिर गए, अर्को आउने छ।

“उदाहरणका लागि, एड्रियन, जब म घाइते भए, उनी मैदानमा आए र राम्रो प्रदर्शन गरे।

“हामी यस समयमा रमाईलो गर्दैछौं किनकि शीर्षमा हुनु राम्रो हो। हामी यसको लागि मिहिनेत गरेका छौ- शीर्ष स्तरमा पुग्न।

“हामी धेरै रमाईलो गर्दैछौं। जीतका लागि तपाईले खेलको आनन्द लिनु पर्छ।